• Breaking News

    9.08.2014

    ७१ बर्षीया कान्छीमाया सिंतानको जबरजस्ती विवाह

    २३ भदौ, चितवन
    पूर्वी चितवनको पदमपुर–८ दुईसय विगाहकी ७१ बर्षीया कान्छीमाया सिंतानको जवरजस्ती बिवाह गराएको भन्दै प्रहरीले स्थानीय ६ जनालाई पक्राउ गरेको छ । गत भदौं १४ गते आफनो घर आएका भदैनी ज्वाईसंग अनैतिक कार्यगरेको अरोप लगाई स्थानीयले एकल महिला समेत रहेकी कान्छीमायालाई १५ गते कुटपीट गरी कालोमोसो लगाई हात समेत बाधेर गाउँ घुमाएको पिडित कान्छीमायाले बताईन ।
    इलाका प्रहरी कार्यालय रत्ननगरको परिषरमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् तीजको समयमा भदैनी र ज्वाईलाई वोलाएकोमा भदैनी विरामी भएर आउन सकिनन्,पाहुना आएका ज्वाई अंगत मोक्तानलाई नै यस्तो गरे । ज्वाई मोक्तान स्थानीयको कुटाईवाट घाइते भई अस्पतालमा उपचारपछि घर फर्केका छन ।
    wedding1

    घटनामा किटानी जाहेरी परेका १७ जना मध्य प्रविना गोले,बुद्धिमाया विक, सरस्वती ब्लोन, विरबहादुर सिंतान, पदमबहादुर तामाङ, ऋषिराम मरहठठालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी टीकाबहादुर कार्कीले बताए । अन्य किटानी जाहेरी परेका हरुको खोजीकार्य भईरहेको समेत उनले बताए । घटनाको सम्वन्धमा महिला अधिकारकर्मी पार्वती रावल, विमला दवाडी, महादेवी खतिवडा र विमला तामाङले यस्तो जघन्य प्रकारको महिला हिंसाको घटनामा संलग्न लाई कानुनी दायरामा ल्याउनुपर्ने पत्रकार सम्मेलनमा उनीहरुले माग गरेका छन ।
    त्यसैगरी गत भदौ १५ गते घर अगाडी बनाएको माने भत्काएको आरोपमा प्रहरीले जुटपानी–७ सुर्यपुरकी सिता तामाङ सहित एकै परिवारका मानबहादुर योञ्जन, साईली योञ्जन, सुनविर घिसिङलाई समेत पक्राउ गरेको छ । पक्राउ परेकी सिताको चार महिने छोरो समेत प्रहरी हिरासतमा रहेकोमा सिताले दुखेसो व्यक्त गरेकी छन । उनने भन्नि ४ महिने छोरोलाई दुध र औषधि खुवाउन समस्या परेको बताईन ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र