• Breaking News

    9.01.2014

    दिलभूषण पाठक सग रुकमाङ्गद कटवालको तातो अन्तरबार्ता !!

    जनरल नेभर रिटायर्स’ सैनिक अधिकारीहरुले भन्ने गरे झैं नेपाली सेनाका पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालले पनि आफू रिटायर्ड भएको छनक दिएका छैनन् । कटवाल कहिले माओवादी लडाकुको सेनामा समायोजन, कहिले हिन्दुराज्य त कहिले राजसंस्था त कहिले चर्को राजनीतिक टिप्मणीका कारण बिबादमा परिरहनु हुन्छ । खरो बोल्ने र कडा मिजासका कटवालले पछिल्लो समय आफ्नो आत्मकथा मार्फत आफ्नै कारण देशमा अधिनायकवाद नआएको र नेपाली सेना बचाएको दावी गर्नुभएको छ ।

    उहाँका सहकर्मी तथा राजनीतिक उच्च तहका केही नेताहरुले उहाँको पुस्तकवारे प्रतिक्रिया दिइसकेका छन । आत्मकथामा अक्सर आफूलाई नै केन्द्रविन्दुमा राखेर लेखिने हुनाले लेखक स्वयं नायककै रुपमा प्रस्तुत हुने गर्छन । आत्मकथामा लेखक इमान्दार नबन्दा उनीहरुका दुर्वल पक्ष कमै मात्र आउंछन् । उहाँको आत्मकथामा के कति सत्य वा बढाई चढाई गरिएको छ ? म आज उहाँकै मुखबाट यहाँहरुलाई सुनाउन चाहन्छु ।


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र