• Breaking News

    9.17.2014

    प्रेमिकालाई मारेर मुटु, गिदि र फोक्सो खाएपछि…

    अमेरिकामा एउटा निकै विभत्स घटना सार्वजनिक भएको छ । एकजना प्रमीले आफ्नी पूर्व प्रेमीकाको हत्या गरेर उनको शरिरको मुटु, गिदी र फोक्सो खाएको आरोप लागेको छ ।
    अमेरिकामा बस्ने ३३ वषीय जोसेफमाथि आफ्नाी ४४ वर्षकी प्रेमीका ब्लेटनको हत्या आरोप लागेको हो । पुलिसको भनाई अनुसार जोसेफले आफ्नी प्रेमीकाको हत्या गरेर उनको शरिरको भागहरु खाएको स्विकार गरेका छन् ।
    पुलिसले दिएको जानकारी अनुसार बाथरुममा टेन्टले ढाकिएको अवस्थामा फेला परेको ब्लेटनको हत्या चक्कुको थुप्रै प्रहारबाट गरिएको हो । पुलिसको भनाई अनुसार लास बरामद गरेको ठाउँबाट रगतले पोतिएको प्लेट र लासको अंगहरुलाई पकाएर खाएको प्रमाण पनि फेला परेको छ । हत्या गरिसकेपछि मरेको प्रेमिकाको अंगहरु पकाएर खान कोसिस गरिएको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पत्ता लगाएको छ ।
    यद्यपी आरोपी जोसेफको भनाई अनुसार उनले यस्तो केहि पनि नगरेको र पुलिसले गलत मानिस सम्झेर उनलाई उठाएर ल्याएको बताएका छन् । जोसेफलाई योभन्दा पहिले पनि आफ्नी किशोरी प्रेमीकालाई मारेको आरोपमा जेल चलान गरिएको थियो । यो हत्या उनले सन् १९९८ मा गरेका थिए र त्यसपछि उनी सन् २०१२ मा जेलबाट बाहिर आएका थिए । (एजेन्सी)


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र