• Breaking News

    9.15.2014

    मुर्तिबाटै निस्कन्छ बोली

    भाद्र ३१ कास्की । कुनै विषयवस्तुबारे जानकारी दिन सम्बन्धीत व्यक्ति आवश्यक पर्छ । रोडियो, टिभि, मनिटरमार्फत् सुन्न र हेर्न सकिन्छ ।

    पोखरामा बनेको बुद्ध संग्राहलयमा भने यहाँ रोखिएका बस्तुनै बोलेको भान हुनेगरि आगन्तुकलाई जानकारी दिइन्छ । जुन झट्ट हेर्दा र सुन्दा प्रत्यक्ष जस्तै लाग्छ ।

    पर्यटकीय नगरि पोखराको छोरेपाटनमा अत्याधुनिक रोबर्ट प्रविधिको प्रयोग गरि दृश्य र बोली सहितको संग्राहलय निर्माण गरिएको हो । बुद्ध जन्मदेखि ज्ञान प्राप्त गर्दा सम्मको अडियो र भिडियो सुन्न र हेर्न सकिन्छ ।

    आठ कक्षमा विभाजित सबैमा बुद्धको जीवनसँग सम्बन्धित पलहरु समेटीएको छ ।

    पहिलोमा बुद्धको जन्म दृश्य, दोस्रोमा हुर्कीएको र क्रमशः करुणको दृश्य, बुद्धलाई भित्रैबाट पिडा अनुभुती भएको, दरबार परित्याग गरेको, तपस्या स्थान, ज्ञान बाँडेको ठाउँ र हिंस्रक अंगमालीलाई ज्ञानले शान्तिको बाटोमा फर्काएको चित्र र आवाज छ । आजको कान्तिपुरमा समाचार छ

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र