• Breaking News

    9.09.2014

    नेपालको शानदार प्रदर्शन, कुवेतमाथि २–१ को जित (फोटोफिचरसहित)

    काठमाडौं, भाद्र २४ । थाइल्यान्डमा जारी एएफसी यु–१६ च्याम्पियनसीप फुटबलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार कुवेतमाथि २–१ को जित हासिल गरेको हो ।

    सुरुआतदेखि नै सशक्त प्रदर्शन गरेको नेपालले तेस्रो मिनेटमा कुवेती डिफेन्डर सबैबको आत्मघाती गोलबाट उपहार पाएको थियो । ७४औं मिनेटमा कुवेतले पाएको पेनाल्टीलाईगोलमा परिणत गर्दै बराबरी गरेको थियो ।

    ८०औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान विमल घर्तीमगरले गोलमा परिणत गरेसँगै नेपालले २–१ को अग्रता बनायो । त्यसपछि दुवैतर्फ थप गोल नहुँदा नेपाल २–१ ले विजयी भयो ।

    यसअघि खेलको ४५औं मिनेटमा विकास थापाले हिर्काएको बल क्रस बारमा ठोक्किएर फर्किएको थियो । जितसँगै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । लगातार दुई खेल हारेको कुवेत भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    यसअघि पहिलो खेलमा नेपालले साविक विजेता उज्वेकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो ।  जारी प्रतियोगिताका लागि छनोट हुने नेपाल एकमात्र दक्षिण एसियाली टिम हो । यो टिमलाई नेपालकै अहिलेसम्मको उत्कृष्ट टिमका रुपमा पनि हेरिएको छ ।

    १६ टिम सहभागी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोली अर्को वर्ष हुने यु–१७ विश्वकप फुटबलका लागि छानिने छन् । अब समूह ‘सी’को अन्तिम खेलमा नेपालले बिहीबार उत्तर कोरियाको सामना गर्नेछ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र