रौतहट, असोज १२–देश टुक्रयाउने आरोपमा पक्राउपरेका डाक्टर सिके राउत बिनासर्त रिहा हुनुपर्ने सभासद सुनिल यादव जितेन्द्रले बताएका छन । गृहजिल्ला रौतहटको पिप्रापोखरिया गाबिसमा बडादशैंको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाइ संबोधनगर्दै उनले राउतको गिरफतारीमा सरकार दोषीरहेको दाबी गरेका छन ।
प्रजातन्त्रमा स्वतन्त्र अभिब्यक्ती हुनुको सटा आफनो बिचार मात्र राख्दैमा राउतको गिरफतारी हुनु दुखद रहेको बताएका छन । कसैले बिचार मात्र राख्दैमा मधेश अथवा देश नटुक्रिने हुनाले राउतमाथी देश टुक्रयाउने षडयन्त्र गरेको निराधार आरोप लगाउनु सरकारकोे लगतकदम रहेको सभासद यादवले टिप्पणी गरेका छन।
मधेश बासीले मधेशलाइ आमा भन्नुमा कसैले गलत टिप्पणी गनु नहुने उनले बिचार राखेका छन । राउतको अविलम्व बिनासर्त रिहाइगर्न सरकार अघिसर्नुपर्ने सभाभद यादवले बताएका छन ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रियकमिटि द्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका रामाकान्त यादव,प्रेमलाल साह,रामबालक यादव,बच्चालाल यादव,दिपलाल यादव लगायतकाले मन्तब्य राखेका थिए । क्रार्यक्रम रामअयोध्या यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment