वैज्ञानिकहरुले २,२०१ जना व्यक्तिहरुमा उक्त परिक्षण गरेका थिए, जहाँ पहिले अन्य वैज्ञानिकहरुले सुमधुर सम्बन्ध विकास गर्ने तत्वहरुका बारेमा थप अध्ययन गरिरहेको थियो ।
अनुसन्धानकर्ताहरुले एक–आपसमा कुराकानी भइरहनु र आपसी समझदारीका साथै अन्य कुराहरु जस्तै प्रेमपूर्ण सम्बन्ध अथवा रोमान्स, तनावको सम्बन्ध, आफ्नो साथीप्रतिको जानकारीजस्ता कुराहरुमा पनि अध्ययन गरिएको थियो ।
जोडिहरुलाई उक्त क्षेत्रमा सहजताका बारेमा प्रश्न गरिएको थियो र आफ्नो सम्बन्धमा कति सजिलो महसुस गर्छन् भनेर पनि सोधिएको थियो त्यसपछि अनुसन्धानकर्ताहरुले जोडिका प्रत्येक व्यक्तिका उत्तरसँग दाँजेर उत्तर खोज्ने प्रयास गरिएको थियो ।
जुन जोडिले राम्रो वार्ता भइरहने उत्तर दिएका थिए, उक्त जोडि नै एक–अर्काप्रति बढी सन्तुष्ट रहेको पाइएको थियो ।
टाइम म्यागजिनमा उल्लेख गरिएअनुसार, अनुसन्धानका प्रमुख रोबर्ट एप्सटिन, साउथ प्यासिफिक युनिभर्सिटीका साइकोलोजिका प्रोफेसरका अनुसार, सफल सम्बन्ध विकास हुनुमा पार्टनरहरुबीच एक–अर्काबारेमा थप जान्नु पनि आवश्यक रहेको छ ।
उनले थपे कि अन्य सम्बेदनशील प्रश्नहरु जस्तै आफ्नो साथीले बच्चा चाहन्छ कि चाहँदैनजस्ता प्रश्न पनि महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment