• Breaking News

    9.19.2014

    वृद्धमाथि कुटपिट गर्ने तरुण दलका कार्यकर्ता प्रहरी खोरमा

    नुवाकोट, ४ असोज । बाटोमा हिँडिरहेका वृद्धलाई मरणासन्न हुनेगरी कुटपिट गरी नगद ११ हजार लुट्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
    गणेशस्थान गाविस वडा नं. ३ का ६६ वर्षीय रुद्रप्रसाद ओस्तीलाई गणेशस्थान गाविस वडा नं. १ स्थित लब्धुको वनमा बाटो कुरेर बसेका युवाहरुले बाँसको लौरोले पिटेर नगद ११ हजार लुटपाट गरेका थिए ।
    प्रहरीले घटनामा संलग्न चौघडा गाविस वडा नं. ६ का २६ वर्षीय रामेश्वर राई, २१ वर्षीय नविन राई, २२ वर्षीय श्रीकृष्ण राई, २१ वर्षीय कृष्णकुमार राई, ३४ वर्षीय निरकमल राई र ३४ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
    युवाहरुको लाठीबाट घाइते भएका वृद्ध ओस्तीको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भएको छ । आफूले टेकेको लौरोले आफैंलाई कुटपिट गरी नगद ११ हजार रुपैयाँ लुटेर लगेको घाइते रुद्रप्रसाद ओस्तीले बताउनु भयो ।
    सो समूहले वृद्धलाई कुटपिट गर्नुअघि वा ३ ख ४५३ नं.को मिनिट्रकका चालक बाबुराम गिरीलाई पनि गुडिरहेको गाडीमा झुण्डिएर कुटपिट गरेका थिए ।
    ६ जनाको समूहमा रहेका युवाहरुले उकालोमा गाडी रोकेको र आफूले नरोकेपछि झुण्डिएर आएका उनीहरुले सामान झार्ने क्रममा आफूलाई हातपात गरेको गिरीले बताए ।
    गुण्डागर्दी र लुटपाटमा संलग्न मध्ये केही तरुण दलमा आवद्ध नेपाली कांग्रेसका कार्यकर्ताहरुसमेत छन् । उनीहरुलाई छाड्नका नेपाली कांग्रेसका क्षेत्र नं. २ का नेताहरुको दवाव आइरहेको प्रहरी स्रोतले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र