• Breaking News

    9.22.2014

    फेरी यस्तो मृत्यु कसैको नहोस्

    गणतन्त्र आयो अब शुख शान्ति न्याय पाउछौ भन्ने लाग्थ्यो तर ठिक उल्टो साबीत हुन पुग्यो! निकै चुर्की फुर्की सुन्थ्य नेताको भाषण चुनाव अगाडी चुनाब नि भयो कथित गणतन्त्र पनि आयो तर पाऔ हिंसा बलत्कारी अशुरक्षा महंगी गुण्डागर्दी देश द़ोही राजनितिक अस्थिरता मज्जाले पायौ भोग्यौ! कति मिठा सपना देखाए नेताले जनतालाई आखिर दिए रित्तो हात न्यायको त कुरै छोडौ!

    प़संग निर्दोष नन्द प़साद अधिकारी सग जोड्न चाहन्छु कानुनको राज्य नरहेको अनुभूति हुदैछ मलाई किनकी मानबअधिकार पनि पुर्ण रूपमै ध्वस्त नै भैसकेको रहेछ राष्टमा ! सर्वोच्वले पटक पटक ताकेता नगरेको हैन अधिकारीलाई तर राजनितिक रूपमा खेलौना बनाएको अनुभुति हुदै छ !
    अनसनमा रहेका अधिकारी दम्पति मध्ये नन्द प्रसाद अधिकारीको मृत्यु
    भएको सुन्दा मेरो देशमा शासन गर्ने शासक तत्कालीन बाबुराम
    सरकार , खिलराज रेग्मी सरकार र अहिले रहेको कङ्ग्रेस एमाले गठबन्धन
    सरकारले नैतिक जिम्मेबार लिनुको बिकल्प छैन! अन्यायमा परेर न्याय
    खोज्दा सरकार लाटो र अन्धो बन्दै आज उनलाई मर्न बाध्य बनायो अनि सर्वसाधारण
    जनतामा प्रष्ट भयो कि गरिबको लागि न्याय छैन यसैको कारण नन्द प्रसाद अधिकारी न्याय नपाएरै
    अन्यायको आगोमा दन्किएर प्राण गयो म अर्थहिन हार्दिक
    श्रदान्जलि अर्पण गर्दछु ॥!! नन्दप्रसाद
    अधिकारीको निधन
    मानवअधिकार र
    कानुनी राज्यका लागि कालो दिनको महसुस गरेको छु !!

    आखिर लोकतान्त्रिक गणतन्त्रको सासन प़णली के रैछ भन्ने यसै घटना ले प़स्ट प़ार्छ! कानुन भनेको के हो ? आन्दोलनको अन्तिम रुप आमरण अनसन हो! ईतिहाँस को पानामा दर्ज यो घटना र यो पुस्ता ले भाबी पुस्ता र अन्तरास्ट्रीय जगत लाई कस्तो सन्देश देला ? ईतिहास कैले मर्दैन! समस्या त आयो तर सामाधानको बाटो कैले पनि अपनाईएन अधिकारीको माग कति सम्म ठिक हो बेठीक हो त्यो अदालतले नै छुट्याउने थियो म हाम्रो देशको सरकार अनि धन्ननेपालका जनवादी, प्रजातन्त्रवादी, राष्ट्रवादी भन्नेराजनैतिक दलहरू नेपालका विभिन्न राजनैतिक दलका भातृसंगठन जस्तै गरी व्यवहार देखाउने मानव अधिकारवादीहरू !! धन्य !!! भन्छु अरू के नै भन्न सक्छुर टुलुटुलु हेरेर बस्न बाध्य हुन्छु !

    जति सोच्यो उति गम्भिर हुन मन लाग्यो केही बेर देशको स्थिति र नन्दलालको जीवनी मा चिन्तन गरे आशु झार्न बाध्य भए थाम्न सकिन ! सबैको समस्या आफ्नै समस्या सरह हो तर न सरकार सुन्छ नत मानवअधिकार! यदि गल्ति गरेको हो भने सबैले त्यसको बिरोध गर्नु
    पर्छ भन्ने भावना राख्न सक्नु पर्छ हैन भने न्याय खोज्दा खोज्दै ज्यान नै गुमाउनु भनेको कहि नभएको जात्रा हाडिगाउमा भनेजस्तॉ हो यो सबैले बुज्न जरूरी छ  !

    अन्तमा, 

    नन्द प्रसाद अधिकारी

    तपाईले लड्नु भयको न्यायको लडाइँमा हामिले बल पुर्याउन सकेनौ, कै गर्नै हैसियत थिएन हामीसग हामी मुख दर्शक भएर टुलुटुलु हेर्ने बाहेक अरू कुनै बिकल्प छानेनौ भनिन्छ नि गोहिले आशु झार्न चाहन्न राज्यको झाेलीबाट न्यायकाे भीख माग्दा माग्दै पहिल्यै आत्मिक
    मृत्यु भैसकेका नन्द प्रसाद अधिकारीकाे भौतिक मृत्यु
    फेरि अरूका लागि खेतीपाती गर्ने मेसाे नबनाेस ! म तपाईलाई सधै बिर गोर्खालो जो आफु मरेर पनि अन्यायको बिरूद्द लडिरहने उनै पुर्खाको बिर शहिद नै सम्झिरहने छु मृत आत्माले चिर शान्ति पाओस हार्दिक श्रदांजली ब्यक्त गर्न चाहन्छु !!!

    अबिश अधिकारी भीम, पोखरा

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र