२ असोज, काठमाडौं ।
देश टुक्राउने देश द्रोही काम गर्दै हिँड्ने सिके राउतलाई २५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिन माग गरिएकोमा विशेष अदालत काठमाडौले जम्मा २४ घण्टाको अनुमति दिएको छ ।
अदृश्य श्रोतबाट पैसा लिएर तराई टुक्र्याउने अभियान सहित नेपाल आमा बिरुद्ध अपमानजनक प्रचार सहित हिँडेका राउतलाई मोरगंबाटै आजै काठमाडौं ल्याइएको थियो ।
मोरङ प्रहरीले राउतलाई बुधबार विहान विराटनगरबाट बिमान चढाएर काठमाडौं विशेष अदालतमा उपस्थित गराएको थियो ।
राज्यविरुद्धको अपराधमा थप अनुसन्धान गर्न २५ दिन थुनामा राख्न अनुमति मागिएपनि विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई र भुपेन्द्र राईको इजलासले जम्मा २४ घन्टा थुनामा राख्न अनुमति दिएको हो ।
9.18.2014
समचार
No comments:
Post a Comment