काठमाडौं । सरकारले दसैं, तिहार र छठ पर्वका लागि गामी बुधबारदेखि लामो रुटका बसको टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेपनि अहिले काउन्टर पुग्ने यात्रुले टिकट सकिएको जवाफ पाउन थालेका छन् ।
यात्रुको सुविधालाई ध्यान दिएर सरकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान ७ बजेबाट खुल्ला गर्ने निर्णय भदौ ५ गते गरेको थियो । घट्टेकुलो बस्दै आएकी बबिता अधिकारीले असोज १२ गतेका लागि झापा जान टिकट काटिसकिन् ।
उनले गौशालास्थित एक होटेलमार्फत नमस्ते डिलक्सका तीनवटा टिकट लिएकी हुन् । उनका आफन्त सन्तोष पौडेलले झापाकै दमकका लागि टिकट लिन विभिन्न बसका काउन्टर पुगे तर पाएनन् ।
त्यसपछि उनले पनि सोही होटल मार्फत शुक्रबार दुईवटा टिकट लिए । ‘दिदीहरु पनि घर जाने भएपछि हामीलाई थप २ वटा टिकट चाहिएको थियो तर सिट छैन भन्दै कुनै काउन्टरले दिएनन्, ’ उनले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
No comments:
Post a Comment