• Breaking News

    9.08.2014

    यी हुन् संसारका सबैभन्दा हानिकारक आहारा

    हामीहरु हरेक दिन उठ्दा बस्दा यस्ता हजारौँ हानिकारक खानेकुराहरु खाने गर्दछौँ जसले हाम्रो शरिरमा हानीकारक प्रभाव पार्ने गर्दछ । यहाँ हामी यस्ता खानेकुराहरुको बारेमा कुरा गर्दै छौँ जुन संसारको सबैभन्दा बढि हानिकारक खाद्य पदार्थ हुन् ।
    १. जमाइएको खानेकुराः
    कोही मानिसहरु जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने गर्दछन् र घरमा ताताएर खाने गर्दछन् जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ ।
    २. तारेका खानेकुराः
    बजारमा निस्केका बेला तारेको खानेकुरा कम मात्रामा खानुहोस् किनभने यसमा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ ।
    ३. प्याक गरिएका चिप्सः
    यसमा हानिकारक कम्पाउन्ड पाइने गर्दछ जसले क्यान्सरको खतरा बढाउन सक्छ । यसलाई धेरै नखानुहोस् ।
    ४. सोडाः
    सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईंलाई मोटो बनाउँदछ र यो तपाईंको मुटुको लागि पनि निकै घातक हुने गर्दछ ।
    ५. बर्गरः
    धेरै बर्गरमा यस्ता पदार्थ पाइने गर्दछ जुन तपाईंको शरिरको लागि हानिकारक हुने गर्दछ । यसमा प्रशस्त मात्रामा नुुनको प्रयोग गरिएको हुन्छ भने यसमा प्रयोग गरिने ससले तपाईंको स्वास्थ्यलाई हानि गर्ने गर्दछ ।
    ६. फ्रेन्च फ्राईः
    फ्रेन्च फ्राईमा नुुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ ।
    ७. माइक्रोवेभ पपकर्नः
    यो खानाले तपाईंलाई क्यान्सर हुने गर्दछ किनभने यसमा घातक नुन र तेल पाइने गर्दछ ।
    ८. नुनले भरिएको स्न्याक्सः
    यस्ता स्न्याक्सले तपाईंलाई मोटो बनाइरहेको हुन्छ र अरु रोगहरुका लागि पनि यो जिम्मेवार हुने गर्दछ ।
    ९. सेतो चामलः
    सेतो चामलबाट टाढै बस्नुहोस् । यसमा निकै धेरै कार्बोहाइड्रेट हुने भएका कारण तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ ।
    १०. कृत्रिम स्वादः
    यस्ता कृत्रिम स्वादहरु केक, पेष्ट्री अथवा आइसक्रिममा पाइने गर्दछ जसले तपाईंको स्वास्थ्यलाई बिगार्ने गर्दछ । (एजेन्सी)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र