स्टाटेन टापुका २३ वर्षीय पाउल माक्र्वेजले क्रेगलिष्ट वेबसाइटमा आफ्नी दुइ महिनाकी छोरी बिक्रीमा रहेको सूचना दिएका थिए । उनले वेबसाइटमा आफ्नी दुइ महिनाकी छोरी खेल्न तथा रमाउन मन पराउने तर उनी दमकी रोगी भएकाले जुनसुकै बेला पनि सास रोकिन सक्ने खतरा रहेकाले आफुलाई मन नपरेको र बेच्न चाहेको उनले बताएका छन् ।
उनले वेबसाइटमा छोरी बिक्रीमा राखेपछि त्यसले सनसनी मच्चायो । उनलाई सुरक्षाकर्मीले पक्राउ गरी उनीमाथि बालबालिकामाथि दुव्र्यवहार लगायतको मुद्दा दायर गरेको छ ।
स्मरण रहोस् ती बालिकाकी आमा १९ वर्षकी छिन् र उनको माक्र्वेजसँग अनलाइनमा भेट चिनाजानी भएर प्रेम बसेको थियो । प्रेमकै सिलसिलामा उनीहरुबीच शारीरिक सम्बन्ध भएपछि दुइ महिनाअघि ती युवतीले छोरी पाएकी थिइन् ।
छोरी पाएपछि स्वभावतः उनले छोरीलाई बढि समय दिनुपर्यो र प्रेमीलाई समय दिन पाइनन् । जसका कारण प्रेमीलाई डाहा भयो र छोरीलाई शत्रु देख्न थाले अनि झुटो विवरण पेश गर्दै अनलाइन मार्फत छोरीलाई बिक्रिमा राखेको बताइएको छ
No comments:
Post a Comment