• Breaking News

    9.02.2014

    गरिबीका कारण ३५ दिनकी सुत्केरी दुवारा आत्महत्या

    भदौ १७ रोल्पा  । मुलुक राजनीतिक रुपमा परिवर्तित भएर सत्ता र शक्तिमा पुग्नेहरुको अनुहार परिवर्तन भए पनि आम नेपाली जनताको जीवनस्तरमा सुधार नहूँदा कहिल्यै सुन्न नपरोस् भन्ने गरिएका घटनाहरु देख्न र सुन्न थालिएको छ ।

    नेपालमा कमै मात्र सुनिने यस्ता घटनाहरु केही वर्षयता बढ्न थालेका छन् । केही वर्ष अघि गरीबीका कारण छोराछोरीको हत्या गरेर एक महिलाले आत्महत्या गरेको घटनाले नेपालीको हृदय चिरेको थियो । त्यसपछि अन्य केही घटना पनि सार्वजनिक भए ।

    यस्तै हृदयबिदारक घटना रोल्पाको कोर्चाबाङ–३ उपल्लो घापामा घटेको छ । त्यहाँकी १९ वर्षीय एक युवतिले गरीबीका कारण विष सेवन गरेर आत्म हत्या गरेकी छिन् ।

    समाचार अनुसार सविना घर्तीमगर नाम गरेकी उनी ३५ दिनकी सुत्करी थिइन् । चरम गरिबी कारण खान नपाएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी नायव उपरिक्षक नविन राज राईले सविनाको घरमा खाने चीज केही पनि नभेटिएको जानकारी दिंदै सविनाको परिवार स्थानीयको घरमा भाडामा बस्दै आएको थियो ।

    सविनाले मंगलबार दिउँसो तीन बजेतिर विष सेवन गरेकी थिइन् । गाउँका स्थानीय महिलासँग घरमै केही समय भलाकुसारी गरेकी उनले घर फर्किएपछि विष सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    एक वर्ष अघि सविनाको काठमाडौंमा विहे भएको थियो । मृतकको जिल्ला अस्पताल रेउघामा पोस्टमार्टम गरिएको जिल्ला अस्पतालले जनाएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र