सुमन मल्ल
मुगु- माइती घरबाट आफ्नो घरतर्फ जाँदै गरेकी एक युवती सामुहिक बलत्कारको सिकार भएकी छन्।
मुगुको कोटडाँडाकी २१ वर्षीया सर्मिला रोकाया (नाम परिवर्तन) असोज ६ गते माइती घर श्रीकोट-९ जिउकाबाट आफ्नो घर जाँदै गर्दा साँझ ५ बजे सामुहिक बलत्कारको सिकार भएकी हुन्।बाटोमा बसीरहेका कोटडाँडा-३ बस्ने वर्ष १८ का ओमराज शाहीसहित नाम खुल्न नसकेका अन्य दुई जनाले उनको साथमा रहेको नगद २२ हजार र मोबाइल लुटेपछि नगद रकम र मोबाइल फिर्ता गर्ने सर्तमा तीनै जनाले सामुहिक बलत्कार गरेको पीडितका आफन्तले बताएका छन्।
सामुहिक बलत्कार परेको र आफूसँग रहेको नगद तथा मोबाइल लुटिएको घटना परिवारलाई जानकारी दिएपछि छ गते नै रातापानी इलाका प्रहरी चौकीलाई जानकारी दिएका थिए। प्रहरीलाई जानकारी दिएपछि आरोपितको खोजिमा प्रहरी लागेको भए पनि अहिलेसम्म आरोपित पक्राउ पर्न सकेका छैनन्। बलात्कारपछि छिमेकी र जिल्लाका प्रहरीसँग समन्वय गरी खोजतलास तिब्र पारेको प्रहरी निरिक्षक मित्रबहादुर आर्चायले जानकारी दिए।
सदरमुकामदेखि १ दिन टाढा रहेको कोटडाँडा गाविसबाट बिहीबार आएर पीडितले शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।
via -nagariknews
No comments:
Post a Comment