• Breaking News

    9.05.2014

    इन्द्रजात्राको ३६ हात लामो लिंगो ठड्याइयो

    काठमाडौं, भाद्र २१ । उपत्यकाकै ठूलो चाड मानिने इन्द्रजात्रा आजबाट विधिवत रुपमा सुरु भएको छ । आज बिहान काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइ इन्द्रजात्रा सुरु भएको हो ।

    आजैबाट इन्द्रजात्राको विशेष आकर्षण मानिने पुलुकिसि र लाखेनाच पनि सुरु हुन्छ ।

    एक हप्तासम्म चल्ने इन्द्रजात्राको मुख्य दिन आगामी २३ गतेसोमबार हनुमानढोका परिसरमा कुमारी, गणेश र भैरवको रथजात्रा गरी मनाइनेछ । उक्त दिन राष्ट्रप्रमुखबाट पनि जात्रा अवलोकन गर्ने परम्परा रहेको छ । 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र