पेटको आकार बारम्बार बढ्दै गएपछि विभिन्न रोग लाग्ने गरेको छ । पेट ठुलो हुदाँ कपडको साइज नमिल्ने, मानिसहरुको माझ असहज महसुस हुने लगायत अन्य समस्याहरुले सताउने गरेको छ ।
१. पुदीनाको हरियो पातको चट्नी अर्थात अचार बनाएर रोटीसंग खानुहोस अथवा पुदीना भएको चिया पीएमा पनि तौल नियन्त्रण गर्न सकिन्छ ।
२. दैनिक रुपमा खान खानु अघि गाज़र खाने बानी बसाल्नुस, यसले तपार्इको भोक कम गर्नमा सहयोग पुर्याउछ । आधुनिक विज्ञानले समेत यसलाई तौल घटाउने फलको रुपमा मान्यता दिएको छ ।
३. आधा चम्चा सौंफ एक कप तातो पानीमा हाल्नुहोस् र १० मिनेट सम्म छोपेर राख्नुहोस र पानी चिसो भएपछि पिउनुहोस । तीन महिना सम्म लगातार यसो गरे तौल कम भएको अनुभूति अवस्य गर्नु हुन्छ ।
४. मेवा नियमित रुपमा खाने गर्नुस , यो बाह्रै महिना पाईने हुनाले , लामो समय यसको सेवन गरे यसले कम्मर र भुडीमा रहेको अनाबस्यक बोसो घटाउनुमा मद्दत गर्दछ ।
५. दैनिक रुपमा दहि खानाले समेत बोसो घटाउनुमा मद्दत गर्छ ।
६. आत्यधिक कार्बोहाइड्रेट भएको खाने कुरा खानु हुदैन त्यसैले सके सम्म चिनी , आलु र चावल खान कम गर्नुहोस किन भने यी बस्तुहरुमा अत्यधिक मात्रामा कार्बोहाइड्रेट हुन्छ ।
७. फलफूल र तरकारीमा कैलोरी कम हुने भएकोले यसको अत्यधिक सेवन गर्नु उत्तम मानिन्छ केरा खादै न खानुस , यसले मोटो बनाउछ ।
८. अमला र बेसारलाई बराबर मात्रामा पिनेर चुर्ण बनाउनुस र यसलाई महिको साथ पिउनाले कम्मर पातलो हुन्छ ।
९. दुइ चम्चा मुलाको रसमा मह मिलाएर पानीको साथ पिउनाले १ महिना पछि आफै मोटोपन घट्दै जान्छ ।
१०. दैनिक टमाटर र प्याजको सलाद मरिच र नून खाने गर्नुस यसमा शरीरलाई चाहिने भिटामिन सी, भिटामिन ए, भिटामिन के , आयरन, पोटैशियम, लाइकोपीन र ल्यूटिनको मात्रा पाईन्छ जसले गर्दा यसको सेबन पछि पेट अघाउछ र खाने कुरा कम खान्छौ ।
No comments:
Post a Comment