• Breaking News

    9.19.2014

    रिलिज हुनुपूर्व ‘पिके’ भयो हिट, कमायो ८५ करोड

    आउँदो डिसेम्बर १८ तारिखका दिन रिलिज हुने आमिर खानको बहुप्रतिक्षित फिल्म ‘पीके’ रिलिज हुनुपूर्व नै हिट भएको छ । खबरका अनुसार पीकेको स्याटालाइट राइट्सका लागि निकै ठूलो सम्झौता भएको छ ।
    सूत्रका अनुसार पीकेको स्डाटलाइट राइट्स ८५ करोडमा बिकेको छ । यो कुनैपनि हिन्दी फिल्मको स्याटालाइट राइट्सका लागि भएको सबैभन्दा ठूलो सम्झौता भएको मानिएको छ । योभन्दा पहिले शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यू इयर’ को स्याटालाइट राइट्स ६५ करोडमा बिक्ने भन्ने खबर आएको थियो ।
    स्याटालाइट राइट्सको सम्झौता गर्ने क्रममा पीकेका निर्माताहरुले उक्त फिल्मले बक्स अफिसमा ३०० करोड कमाउने ठोकुवा गरेको बताइएको छ । (एजेन्सी)


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र