• Breaking News

    9.03.2014

    खुकुरी प्रहार गरी महिलाको हत्या

    बिहीबार , १९ भदौ

    झापाको चन्द्रगढी– ४ घोडामारामा मादकपदार्थ सेवन गरी होहल्ला गरिरहेका तीनजना युवाले स्थानीय महिला सुकवती राजवंशीको हत्या गरेका छन् । होहल्ला गरिरहेकालाई सम्झाउन जाँदा तीन युवामध्ये २२ वर्षीय श्यामलाल सतारले घाँटीमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
    खुकुरी प्रहारबाट घाइते सुकवतीलाई भद्रपुरको ओमसाई पाथिभरा अस्पतालमा पुर्‍याउने क्रममा मृत्यु भएको थियो ।
    घटनामा संलग्न तीनमध्ये २८ वर्षीय विपुल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ भने २१ वर्षीय रमेश सतार र श्यामलाल सतार फरार रहेको प्रहरीले जनाएको छ ।
    रासस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र