• Breaking News

    9.24.2014

    निरास यौनजीवनलाई कसरी बनाउनेसेक्सी ?

    के तपाइको यौनजीवन विवाहको शुरुको दिनजस्तो रोमान्टिक छ ? यदि छैन भने आफ्नो निरास यौन जीवनलाई रोमाञ्चक बनाउने सजिलो र असरदार उपाय छन् ।

    फोरप्ले बढाउन

    एक अर्काको नजिक आउने सबैभन्दा राम्रो उपाय फोरप्ले हो । त्यसैले यौनक्रिया गर्न पहिले पार्टनरसँग मायाले भरिएका सेक्सी कुरा गर्नुपर्छ । एकअर्काको साथ कुनै रोमान्टिक गेम खेल्नुपर्छ  । कामेच्छा जागृत गर्न फोरप्लेको महत्वपूर्ण भूमिका रहन्छ । यौनक्रियाको असली आनन्द लिन धेरै समयसम्म फोरप्लेको मज्जा लिनुपर्छ ।

    यौनक्रियालाई वेडरुममा मात्र सिमित नराख्ने 

    यदि तपाइ रुटिन यौन जीवनबाट निरास हुनुहुन्छ भने बेडरुमको अलावा वाथरुम, स्विमिङ पुल, डायनिङ टेवल, कारको पछाडीको सिट आदि ठाउँमा यौनक्रियाको मजा लिन
    सक्नुहुन्छ । यसले कामोत्तेजना बढाउन मद्दत गर्छ ।

    महिलाले पनि पहल गर्ने 

    धेरै महिला लाजले पार्टनरको सामु आफ्नो यौनइच्छा व्यक्त गर्न सक्दैनन् । तर पुरुष सजिलै आफ्नो भावना व्यक्त
    गर्दछन् । यदि तपाइ आफ्नो यौन जीवनलाई “हट एन्ड ह्यापिनिङ” बनाउन चाहनुहुन्छ भने कहिलेकाँही आफैँ पहल गरेर पार्टनरलाई सरप्राइज दिने गर्नुपर्छ । यसो गर्नाले पति खुशी हुने मात्र नभई उसको यौन उत्तेजना बढ्दछ । यसका लागि तपाइको सेक्सी सरप्राइज महत्वपूर्ण मानिन्छ ।

    कामोत्तेजना बढाउने

    कामोत्तेजना बढाउन बजारमा पाइने एरोमामा क्यान्डल्स, फ्लेबर्ड चकलेट आदिको प्रयोग गर्न सकिन्छ । यसका साथै वास्नादार तेलले एक अर्कालाई मसाज गर्ने र सेक्सी कपडा लगाउन सकिन्छ । यसले यौन इच्छा बढाउन मद्दत गर्छ ।

    सेक्सी कुरा गर्ने 

    धेरै मानिस यो कुरामा ध्यान दिदेैनन् । तर  सेक्सी  कुराले पार्टनरमा गहिरो असर पार्छ । यदि तपाइ बिहान पति उठ्नुभन्दा  पहिला कार्यालय जानुहुन्छ भने बेडको छेउमा आफ्नो बेलुकाको प्लानिङ नोट बनाएर  राखिदिने गर्नुपर्छ । बेलुका कति बजे आउने पनि लेखिदिने । जब जीवनसाथी साथमा भएको बेला यताउताको कुरा गर्नुभन्दा रोमान्टिक र सेक्सी कुरा गर्ने ।

    नयाँपन जरुरी 

    सेक्सुअल लाइफलाई आनन्दमय बनाउन नयाँपन जरुरी
    हुन्छ । जस्तो—सेक्सी ड्रेस लगाउने, सँगै बसेर कुनै सेक्सी सिनेमा हेर्ने आदि । यसो गर्नाले सेक्स लाइफमा नयाँपन आउँछ ।

    समयको व्यवस्थापन

    दिनभरी कामको थकानपछि कहिलेकाँही रातमा यौनइच्छा नहुनु स्वभाविक हो । यस्तो परिस्थितिमा रुटिन थोरै बदल्नुपर्दछ । माया देखाउने कुनै निश्चित समय हुँदैेन । त्यसैले मुड र हालत अनुसार समय निकालेर यौन जीवनको फाइदा उठाउनुहोस् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र