• Breaking News

    9.24.2014

    मोदीको भाषण सुन्न अमेरिकामा टिकट बिक्री

    एजेन्सी – अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्याडिसन स्क्वायर गार्डेनमा गर्ने सार्वजनिक सम्बोधन सुन्नका लागि न्युयोर्क सिटीको म्यानहट्टन एरेनामा आयोजना हुने रक कन्सर्टजस्तै टिकट बिक्री भएको छ । न्युयोर्क र न्युजर्सीका बन्दरगाहका अधिकारीहरुले भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सम्बोधन कार्यक्रम सहभागी हुनेहरुको संख्या औसतभन्दा बढ्ने भएकाले आइतबार सव–वेमा गुड्ने ट्रेनको थप व्यवस्था गर्ने निर्णय गरेका छन् ।
    त्यो क्षेत्रमा २० हजार मानिस अटाउने ठाउँ छ । त्यहाँ भारतीय र भारतीय अमेरिकीहरुको ठूलो संख्यामा उपस्थिती हुने अपेक्षा गरिएको छ । यो कार्यक्रमको क्रिस्टल टावरबाट प्रत्यक्ष प्रसारण गरिने योजना छ । कार्यक्रमको आयोजनामा करिब ८सय डाक्टर,सिलिकन भ्यालीका प्राविधिज्ञ र वालस्ट्रिटका बैंकरहरुसमेतको सहभागिता रहने इन्डो अमेरिकन कम्युनिटी फाउन्डेसनले अनुमान गरेको छ ।
    माइक्रोसफ्टका प्रमुख सत्या नाडेला,पेप्सीकी इन्दिार नुयी,एडोवका शान्तनु नारायण,मास्टर कार्डका अजय बाङा टीआईबीसीओ र एनबीए टिमका साक्रेमेन्टो किड्सका मालिक विवेक रानादिवे,मोर्गनष्ट् यान्लीका कमलेस नागराजन र गोल्डम्यान स्याक्सका उच्च कार्यकारीहरु मोदीको सम्बोधन सुन्न सो कार्यक्रममा उपस्थित रहने बुझिएको छ ।आजको कारेवार दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र