• Breaking News

    9.25.2014

    नागरिकता त्याग्ने क्रम बढ्न थाल्यो

    काठमाडौं । विश्वका विभिन्न देशमा बसेका धेरै नेपालीले विदेशको नागरिकता लिएको सरकारको अनुमान छ । तर, नेपाली नागरिकता त्याग गर्नेको तथ्यांक भने चार वर्षमा तीन सय ६१ मात्र छ ।
    अर्को मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्यागको निवेदन दिनेको संख्या वर्षेनी बढ्दो रहेको नयाँ पत्रिकामा खबर छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष ०६७र६८ मा ३२ जनाले नागरिकता परित्यागको निवेदन दिएका थिए ।
    ०७८र०६९ मा एक सय १४, ०६९र७० मा ८६ र ०७०र७१ मा एक सय २९ जनाले नागरिकता त्यागका लागि निवदेन दिएका छन् । यो विभिन्न देशका नेपाली दूतावासमार्फत आएको निवेदनका मात्र तथ्यांक हो ।
    अन्य मुलुकको नागरिकता लिइसकेका व्यक्तिले नेपाल आएर सीधै सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमा निवेदन दिन सक्ने भएकाले गृह मन्त्रालयसँग नागरिकता त्याग गर्नेको यकिन तथ्यांक छैन् ।
    विदेशको नागरिकता लिन नेपाली नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने देशमा बस्ने नेपालीले मात्र नागरिकता त्यागको निवेदन दिन्छन् । दोहोरो नागरिकता लागू भएका देशमा बस्ने नेपालीले भने नेपालको नागरिकता त्याग गर्दैनन् ।
    अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड, ग्रिस, इटाली, इजरायल, स्विडेनलगायतका देशमा दोहोरो नागरिकता स्वीकार्य छ भने भारत, जापान, डेनमार्क, नेदरल्यान्ड, मेक्सिको, नर्वे, साउदी अरेबियालगायतका देशमा दोहोरो नागरिकताको व्यवस्था छैन् ।
    गृह मन्त्रालयको नागरिकता शाखाका एक अधिकारीले दोहोरो नागरिकता लागू भएका मुलुकमा बस्ने नेपालीले नागरिकता त्याग गर्नु नपर्ने भएकाले कति नेपालीले कुन मुलुकको नागकिता लिएका छन् भन्न नसकिने बताए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र