पेरिस। फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलान्डले अल्जेरियामा बन्धक बनाइएका फ्रान्सका एक पर्यटकको हत्या भएको पुष्टि गरेका छन्। इस्लामी कट्टरपन्थीहरूले टाउको काटेर पर्यटकको क्रूरतापूवर्क हत्या गरेका बताइएको छ। उक्त कट्टरपन्थीहरू जुन्द अल खलिफासँग सम्बन्धित रहेका जानकारीमा आएको छ।
जुन्द अल खलिफाको इराक र सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध रहेको छ। लडाकुहरूले एक भिडियो सार्वजनिक गरेका थिए जसमा पर्यटक हर्व गोर्डलको टाउको काटिरहेको देखाइएको छ। फ्रान्सेली राष्ट्रपति ओलान्डले यसलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन्।
उनले इराकमा आईएसविरुद्ध जारी कारबाहीमा फ्रान्सले सहयोग गरिरहने बताएका छन्। उनले भने, 'हाम्रो देश आतंकवादसँग लडिरहेको छ। हामी मानवीय हित चाहन्छौं।' पर्यटकको हत्या गर्ने संगठन जुन्द अल खरिफाले फ्रान्लाई तत्काल कारबाही बन्द गर्न माग गरेको छ।
9.25.2014
world
No comments:
Post a Comment