• Breaking News

    9.01.2014

    पाल्पामा २४० जनामा एचआइभी एड्स

    १६ भदौ ।HIV

     पाल्पा जिल्लामा अति खतरनाथ यौन जन्य रोग एचआइभी उड्सबाट स्रक्रमित हुनेको संख्या २४० पुगेको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका  अनुसार एचआइभी एड्सबाट पाल्लपा जिल्लामा मात्र २४० प्रभावित बनेका छन् ।
    दैनिकी जीवन गुजाराका लागि विदेशीएका लोग्ने मान्छे स्वदेशमा फर्किदा एचआईभि भित्रिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीले बताए ।
    पाल्पामा एचआइभी सङ्क्रमित आमाबुवाबाट जन्मेका बालबालिकाको संख्या समेत ३३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
    आमाबुवामा एचआइभी सङ्क्रमित हँुदा जन्मेका शिशु एचआइभी सङ्क्रमित हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
    एचआइभी सङ्क्रमितका लागि जिल्ला स्वास्थ्य कार्यालय, सक्रिय सेवा समाज र जिल्ला बालकल्याण समितिले आर्थिक, शैक्षिक, स्वास्थ्य र विभिन्न किसिमका तालिमको व्यवस्था गर्दै आएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र