• Breaking News

    9.13.2014

    चार वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ

    २९ भदौ, मेलम्ची ।
    सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे–६ रातमाटेकी चार वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।
    बालिकालाई बलात्कार गरेको अभियोगमा सोही गाउँका कक्षा ९ मा अध्ययनरत १६ वर्षीय टीकाराम गिरीलाई मेलम्ची इलाका प्रहरीले पक्राउ गरेकोे छ ।

    उक्त घटना भदौ २२ गते भएको थियो । बलात्कृत बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि अभियुक्तमाथि जबर्जस्ती करणीको अभियोगमा थप अनुसन्धान प्रक्रिया बढाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । रासस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र