• Breaking News

    9.30.2014

    मलेसिया र दुबईका नेपाली कामदारमार्फत सुन तस्करी बढ्यो

    १५ असोज, काठमाडौं । वैदेशिक रोजगारमा मलेसिया र दुबई गएका कामदारलाई भरिया बनाएर सुन तस्करी हुन थालेको छ । घर फर्कने क्रममा उनीहरुलाई तस्करले सुन बोकाएर तस्करी गर्न थालेका हुन् ।

    प्रहरीले यसरी सुन तस्करी गर्ने सिन्धुपाल्चोकका उमेश गुरुङलाई ३५ किलो सुनसहित पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार बेलुका उनलाई महाराजगन्जबाट पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

    मलेसियाबाट फर्किएका कामदारले ल्याएको सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर फर्कँदै गर्दा गुरुङ पक्राउ परेका हुन् । मलेसियाबाट फर्किएका दुई कामदारले सुनको विस्कुट गुरुङलाई ल्याइदिएका थिए ।

    ठूलो मात्रामा सुन तस्करी गर्दा प्रहरीले पक्राउ गर्न थालेपछि वैदेशिक रोजगारीमा गएका कामदारलाई प्रयोग गरी सानो मात्रामा सुन तस्करी हुन थालेको हो ।

    महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भन्छन्-‘सुन तस्करीको नयाँ तरिका फेला परेको छ, सुरक्षित तस्करी गर्न यस्तो तरिका अपनाएको हुनसक्छ ।’

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र