• Breaking News

    9.14.2014

    आमिर खान भारतीय राज्य सभा सदस्य !

    एजेन्सी मुम्बई, भदौ ३०
    बलिउड अभिनेता आमिर खानले भारतीय राज्य सभाको मनोनयनका लागि आफूलाई प्रस्ताव गरिए त्यस बारे सोच्ने बताएका छन।

    क्रिकेट खेलाडी सचिन तेन्दुलकर र अभिनेत्री रेखा जस्तै राज्य सभामा मनोनित हुनुहुन्छ? भन्ने प्रश्नको उत्तरमा आमिर खानले भने, ‘म उहाँहरूले के गरिरहनु भएको छ भन्ने बारे केहि टिप्पणी गर्दिनँ। उहाँहरू मेरा मित्रहरू हुनुहुन्छ। यदी त्यस्तो अवसर आएको खण्डमा मैले उक्त समयमा उक्त ठाँऊमा बसेर समाजका लागि केही राम्रो तरिकाले काम गर्न सक्छु कि सक्दिन भन्ने बारेमा सोच्नेछु। यदी त्यस्तो हुनसक्छ भने म त्यहाँ सधै हुनेछु।’

    ४९ वर्षीय आमिरले उक्त कुरा आजतक टेलिभिजनबाट प्रसारित ‘पञ्चायत आजतक’मा बताएका हुन।त्यसै गरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शक्ती केन्द्रीकरणका बारेमा उनी के सोच्दछन भन्ने सवालमा आमिरले, ‘मलाई उनले राम्रो गरिरहेका छन की छैनन भन्ने बारेमा केही थाहा छैन। तपाईहरूलाई नै राम्रो गरी थाहा होला’, भने।

    भारतीय सिनेमामा महिलाहरूलाई सिनेमा पेस गरिने तरिकाको बारेमा रहेको एक प्रश्नमा आमिरले भने, ‘ हिन्दी सिनेमामा महिलाहरूलाई गलत ढंगले चित्रण गरिँदै आएको कुरालाई स्वीकार गर्छु।’ उनले आगामी दिनमा ती कुराहरूमाथी आफूले विशेष ध्यान दिने बताए।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र