• Breaking News

    9.04.2014

    प्रहरी हाकिम नै लुकिछिपी अश्लिल भिडियो खिच्ने धन्दामा

    पछिल्लो समयमा जापानमा पनि आपराधिक क्रियाकलापमा वृद्धि हुदै आएको छ । 

    त्यस्ता आपराधिक कर्ममा सुरक्षाकर्मीको समेत संलग्नता हुने गरेको कानागावाको एक घट्नाले पुष्टि गरिदिएको छ । जापानको कानगावा प्रहरीले लुकीछिपी महिलाको अश्लिल भिडियो खिच्ने आफ्नै एक प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ । ४६ वर्षीय ती प्रहरी अधिकृतलाई नुहाउँदै गरेकी एक महिलाको भिडियो आफ्नो मोबाइलबाट खिचिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
    जापानमा एक प्रहरी हाकिम नै लुकिछिपी अश्लिल भिडियो खिच्ने धन्दामा
    प्रहरीका अनुसार अकिरा यानागिदा नाम गरेका उक्त प्रहरीले गत जुन २१ के राति फुजिसावामा अवस्थित एक महिलाको अपार्टमेन्टमा घुसेर लुकीछिपी भिडियो खिचेका थिए । बाथरुममा नुहाइरहेकी ती महिलाको नग्न भिडियो यानागिदाले झ्यालबाट खिचेको बयान दिएका छन् । ती महिलाको अपार्टमेन्ट पहिलो तल्लामा थियो । यानागिदाले अन्दाजी ३० वर्षीया ती महिलाको झण्डै ५ मिनेट लामो भिडियो फुटेज खिचेका थिए । 

    तिनै यानागिदाले जुन ३० मा फेरि अर्की महिलाको नग्न भिडियो खिच्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । आफ्नै बाथरुममा नुहाइरहेकी ती महिलाले कसैले झ्यालबाट भिडियो खिचिरहेको देखेपछि थाहा नपाए जस्तै गरी प्रहरीलाई खबर गरैकी थिइन् । त्यसपछि आएको प्रहरीले मोटर यानागिदालाई रंगेहात पक्राउ गरेको थियो । 

    प्रहरीले अनुसन्धानका क्रममा उनको मोबाइल फोनबाट जुन् २१ को घट्ना पनि खुलेको हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र