• Breaking News

    9.08.2014

    एक किलो चियाको मुल्य पौने २ लाख


    २४ भदौ, इलाम  ।

    तपाईंले पिउने चियाको मुल्य सामान्यतः प्रतिकप १० देखि २० रुपैयाँ पर्छ । त्यो चिया प्रतिकिलो दुइ चार सय रुपैयाँमा सजिलै पाइन्छ ।

    तर, भारतीय उद्योगले अपत्यारीलो मुल्यमा चिया विक्री गर्दैछ । विषादी प्रयोगले तेस्रो मुलुकमा नेपाली चियाको बजार ओरालो लागिरहेका बेला नजिकैको खरसाङस्थित मकैबारी टि स्टेटले भने एक किलो चियाको झण्डै एक लाख ८० हजार रुपैयाँमा विक्रि गरिरहेको छ ।

    संसारमा सबैभन्दा धेरै चिया खपतहुने भारतले नै सबैभन्दा महंगो चिया उत्पादन गरिरहेको यसबाट नै पुष्टि हुन्छ ।

    भ्रखरै भारतीय सञ्चारमाध्यममा प्राथमिकतासाथ प्रकाशीत समाचार अनुसार खरसाङ मकैबारीको स्टेट टिले प्रतिकिलो एक हजार आड सय ५० डलर मा बेच्न लागेको हो ।

    त्यहाँको चिया बेलायत, अमेरिका र जापानमा निर्यात हुने छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र