• Breaking News

    9.05.2014

    ‘मेरी कोम’मा प्रियंकासँगै सुनिल थापाको प्रशंसा

    लगभग दुई दशकपछि बलिउडमा सुनिल थापाले कम ब्याक गरेको फिल्म ‘मेरी कोम’मा उनले गरेको अभिनयले भारतीय मिडियामा राम्रो स्थान पाएको छ ।
    sunil thapa merikom movie


    बुधबार मुम्बईमा भएको प्रिमियरपछि मेरी कोम बनेकी प्रियंका चोपडासँगै सुनिल थापाको पनि अभिनयको प्रशंसा भएको छ । फेसबुक तथा ट्वीटरमा भारतीय पत्रकारले सुनिल थापाको प्रशंसा गरेका छन् ।

    ‘सुनिल थापाको अभिनयलाई फुलमाक्र्स । प्रियंका झैं उनले भावानात्मक र व्यवसायिक रुपमा उम्दा अभिनय गरेका छन् । कोचहरु त्यस्तै हुन्छन् जस्तो उनले देखाएका छन्,’ भारतीय फिल्म समिक्षक तरण आदर्शले आफ्नो समिक्षामा थापाको प्रशंशा गर्दै लेखेका छन् ।

    मुम्बईमा बुधबार भएको प्रिमियरमा सुनिल थापा परिवार सहित उपस्थित भएका थिए ।
    पाँच पल्ट विश्व च्याम्पियन रहिसकेकी भारतीय बक्सर ‘मेरी कोम’को जीवनीमा आधारित फिल्ममा सुनिल थापाले प्रियंकाको बक्सिङ गुरु नारजित सिंहको भूमिकामा अभिनय गरेका छन् ।

    तरण आर्दश झैं इण्डिया टुडेले पनि फिल्मको समिक्षा गर्दै फिल्म औसत भएपनि कलाकारको अभिनय उम्दा रहेको टिप्पणी गरेको छ ।

    ‘कथाबस्तु प्रिडिक्टेबल छ तर फिल्मको ज्यान कास्टिङ हो । प्रियंका चोपडाले भूमिकामा प्राण भरेकी छिन् भने प्रियंकाका गुरु बनेका सुनिल थापा र श्रीमान बनेका दर्शन कुमार दुवैको अभिनय प्रशंसनीय छ,’ इण्डिया टुडेले अनलाइन संस्करणको समिक्षामा लेखेको छ ।
    कोमल नाहाटा,भावना सोमय ाजस्ता समिक्षकले पनि सुनिल थापाको प्रशंसा गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र