• Breaking News

    9.01.2014

    मृत घोषित विरामी दुई दिनपछि जिउँदै भेटिएपछि….

    भारतको उत्तर प्रदेश उटपट्याङका लागि निकै अगाडि मानिन्छ । त्यसैले अनेक अप्रिय खबर यही राज्यबाट बन्ने गरेका छन् ।
    त्यस्तै एउटा घटना सार्वजनिक भएको छ। उत्तर प्रदेशको अलीगढको जिल्ला अस्पतालका डाक्टरहरुको यो खबर सुनेर सबै आश्चर्यमा पर्ने छन् । चिकित्सकहरुले मृत घोषणा गरेर मुर्दा घरमा पठाएको एक जना विरामी दुई दिन जिवितै फेला परेपछि चिकित्सकहरुको दक्षतामै प्रश्न उठेको छ।
    एक जना विरामीलाई मृत घोषणा गरेर मुर्दा घरमा राखिएको थियो । तर, जब दुई दिनपछि जब प्रहरी मुर्दाघर पुग्यो तब प्रहरीले मृत भनिएको व्यक्ति जिउँदै थिए । उनले कपडामा पिसाव गरेका थिए । यसपछि चिकित्सकलाई बोलाइयो र आइसीयुमा भर्ना गरियो । घाइते मलखान सिंहलाई अस्पतालले त सबै जाँच पूरा गरेर शव पोस्टमार्टमका लागि पठाएको थियो ।
    दशदिनअघि सडक दुर्घटनामा घाइते भएका व्यक्तिलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । विरामी आफ्नो नाम र ठेगाना बताउन सक्ने अवस्थामा थिएनन् । उनका कुनै सहयोगी पनि थिइनन् । उनी वेवारिसे अवस्थामा थिए ।
    त्यसैले चिकित्सकहरुले उनको उपचार गर्नुको सट्टा जिउँदै बेवारिसे शव वार्डमा राखेका थिए । २९ अगस्तका दिन चिकित्सकहरुले यी जिउँदा व्यक्तिलाई मृत घोषणा गरेका थिए । जब पुलिस उक्त व्यक्तिको खोजीमा निस्क्यो तब उ जिवितै फेला परेको हो । तर, तीन दिनदेखि खाना नखाएका कारण उ मुर्दाघरमा बेहोस अवस्थामा थियो ।
    अस्पतालका मडिकल सुप्रिटेन्डेन्ट डा. आरडी खरेले यो घटना अस्पतालका कर्मचारीको लापरबाहीका कारण भएको बताए । उनले आफू स्वयमले पनि जिम्मेवारी लिए । उनले यो विषयमा जाँच गरिने र दोषीमाथि कारबाही गरिने बताएका छन् ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र