• Breaking News

    9.06.2014

    म खानहरुको प्रतिस्पर्धी होईनः प्रियंका

    भदौ २२ गते मुम्बइ । ‘म असाध्यै गौरवान्वित छु । मेरी कोम जस्ती च्याम्पियनको रोल निभाउन पाएकोमा । यसपछि मैले जिम्मेवारी बढेको पनि महसुस् गरेकी छु ।’ अन्तराष्ट्रिय समाचार संस्था बीबीसीसंग कुरा गर्दै प्रियंका चोपडाले भनिन् ।
    पाँच वर्ष विश्व च्याम्पीयन महिला मुक्केवाज र ओलम्पिकमा कास्य पदक जितेकी एमसी मेरी कोम माथी बनेको फिल्म ‘मेरी कोम’ शुक्रवारदेखि रिलिज सुरु भएको छ ।
    फिल्मले बक्स अफिसमा कमाल गर्छ जस्तो लागेको छैन उनलाई । ‘म बक्स अफिसको कुरालाई लिएर त्यति धेरै उत्साहित छैन । तर, मेरी कोमको भूमीका माथि न्याय गर्न सकें भने पुग्छ ।’ उनले भनिन् ।
    क्वीन, मर्दानी, मेरी कोम जस्ता हिरोईन केन्दि्रत फिल्म आउन थालेपछि तीन खानको प्रतिस्पर्धीका रुपमा बलिउड अभिनेत्रीहरु आउन लागेको हो कि भन्ने प्रश्न पनि उठेको छ ।
    तर, पि्रयंकाले आफु तीन खानको प्रतिस्पर्धी कहिल्यै नहुने बताईन् । ‘तीन खानहरु पछिल्लो २० वर्षदेखि सुपरस्टार छन् म कहिल्यै उनीहरुको प्रतिस्पर्धी होईन, प्रसंसक चाहिँ हुँ ।’ उनले भनिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र