बेलायतमा एक युवकले आफ्नी प्रेमिकाको ओंठमा चुम्बन गर्दा ओंठ च्यातेर अंगभंग गरिदिएका छन् । प्रेमिका अरुसँग नजकिने डरले ती युवकले यस्तो हर्कत गरेको स्वीकार उनले गरेका छन् ।
बेलायतको टाइनसाइडमा बस्ने रिस कुले नामका युवकले अपनी गर्लफ्रेन्ड श्याटलसँग २ वर्ष देखि सम्बन्धमा थिए ।
उनीहरुबीच राम्रो सम्बन्ध पनि चलिरहेको थियो । एकदिन उनीहरुबीच चुम्बन शुरु भयो युवकले युवतकीलाई ओंठमा चुम्बन गरेर युवतीको ओंठ नै च्यातिदिए ।
यो चुम्बनको अन्त्य डरलाग्दो भयो । चुम्बनपछि युवतीको नाकबाट निरन्तर रगत बग्न थाल्यो र उनको माथिल्लो ओंठमा प्रेमिका दाँतका डाम बसे । उनको अनुहार नै पुरै रक्ताम्मे भएको थियो ।
युवतीले जवर्जस्ती युवकलाई आफूबाट हटाइन् तर आफ्नो अनुहार हेर्दा उनलाई डर लाग्यो । यो घटनापछि उनले आफ्नै ब्वाइफ्रेन्डलाई अदालत पुर्याइन् ।
युवतीले आफूलाई चुम्बन् गर्दा कसैले प्रेम गरेको भन्दा पनि दुश्मनी निकालेको जस्तो अनुभव भएको बताएकी छिन् । पुलिसले युवकलाई गिरफ्तार गर्यो र उनीसँग सोधपुछ पनि गर्यो ।
शूरुमा आफूले प्रेमिकालाई टोकेको अस्वीकार गरेका उनले पछि भने प्रेमिकाले आफूलाई छोड्ने डरले यसो गरेको स्वीकार गरे ।
युवतीले ओंठमा चुम्बन गर्दा गर्दै युवकले आफ्नो नाकमा टोकेको बताएकी छिन् । अदालतले युवकलाई अरुलाई हानी पुर्याएको ठहर गर्दै सजाय दिएको छ ।
No comments:
Post a Comment