• Breaking News

    9.29.2014

    अोहो यो पो हो त सुन्दरता (फोटोफिचरसहित)

    कलाकारहरु हलिउडका हुन् कि बलिउड वा कलिउड, उनीहरु चर्चामा रहन जुनसुकै हदसम्म जाने गरेका छन् । त्यस्ता कलाकारहरुको संख्या कतै पनि कमी छैन् । अझ हलिउड र बलिउड यो मामिलामा निकै अगाडि छ। किम कार्दशियनले इन्स्टाग्राममा पोष्ट गरेको यो तस्वीरले पनि यही पुष्टि गरेको छ।


    तस्वीरमा कान्ये भेस्ट र किम सिढीबाट तल झरिरहेका छन् । तर, कान्येले जुन अन्दाजमा आफ्नी श्रीमतीलाई समातेका छन् त्यो अहिले चर्चामा छ ।
    सिंगो संसार किमको सुन्दरताको दिवाना छ । पक्कै पनि कान्येका पनि दिवाना हुने नै भए । त्यसैले त  इन्स्टाग्राममा शेयर गरिएको तस्वीरमा कान्येले किमको नितम्बलाई यो अन्दाजमा समातेका छन् । अहिले चर्चाको केन्द्रमा यो तस्वीर छ । तर, कान्ये र किमले सार्वजनिक रुपमा यसप्रकारको हर्कत प्रदर्शन गरेको यो नै पहिलोपटक भने होइन ।
    त्यसो त किमको सुन्दरताको दिवानाहरुको सूची लामो छ ।
    एकपटक त गायक अशरले पनि स्वयमलाई रोक्न सकेका थिइनन् । बाटो हिड्दा पनि किमले वरपरको ध्यान आफूतिर आकर्षित गर्ने गरेकी छन् । यस्तै स्थिति केहीदिन अघि एउटा सपिङ कम्प्लेक्सबाहिर पनि देखिएको थियो । जहाँ एक जना सुरक्षाकर्मी पनि मिकको सुन्दरता ननिहालिकन बस्नै सकेनन् । एजेन्सी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र