• Breaking News

    9.15.2014

    ब्राड पिट र एन्जोलिनाले किने चालिस अर्बको जहाज

    एजेन्सी काठमाडौं, भदौ ३०
    हालैमात्र विवाह बन्धनमा बाधिएका हलिउड जोडी ब्राड पिट र एन्जोलिना जोलीले २५ करोड पाउन्ड अर्थात झन्डै ४० अर्ब नेपाली रूपयाँमा एउटा विशाल पानी जहाज खरिद गरेका छन्।

    प्राप्त खबरलाई सही मान्ने हो भने यो जोडी अर्कोपनि पानी जहाज किन्ने योजनामा छन्। उनीहरूले किन्न लागेको दोस्रो जहाजको मूल्य २ लाख पाउन्ड अर्थात ३ करोड १६ लाख रहेको छ। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार यी दुबै पानी जहाजको सजावटको काम इटालियन जहाज निर्माता कम्पनी ‘रिज्जारदी’ले गर्नेछन्।

    जहाजको डेकलाई मार्वल र काठले सजाइँदैछ। उक्त दुवै जहाजमा बाहिरबाट कसैले बाधा नपरोस भन्ने हेतुले डिजिटल क्यामरा हुनेछ। हाल ब्राड र एन्जोलिनाको जोडी माल्टामा एक सिनेमाको सुटिङ गरिरहेका छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र