• Breaking News

    9.30.2014

    दशैको मुखमा घाँटी रेटी साथीको हत्या

    काठमाडौं । मदिराको नसामा झगडा हुँदा ललितपुरमा एक युवकले आफ्नै साथीको घाँटी रेटी हत्या गरेका छन् । उदयपुर देवदहका मिश्रिकान्त चौधरीको सर्लाहीका राजु तामाङले हत्या गरेका हुन् ।
    ललितपुर प्रहरीका अनुसार सोमबारराति चौधरीको हँसियाले घाँटी रेटेर हत्या भएको हो । चौधरी र तामाङ सँगै कोठामा बस्ने गरेको र झगडा हुँदा हत्या भएको प्रहरीको अनुमान छ । अभियुक्त तामाङ फरार छन् ।
    दुवैजना मदिरा पिउने गरेको उनीहरुका साथीहरुले बताएका छन् । अनुसन्धानका लागि प्रहरीले फरार तामाङका दुई जना साथीहरुलाई पक्राउ गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र