• Breaking News

    9.03.2014

    शरिरका सम्पूर्ण अंग दान गर्दै आमिर खान

    1एजेन्सी । वलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानको बारेमा उनको श्रीमति किरण रावले केहि दिन अघि मात्र भनेकि थिन् कि उनका श्रीमान् अभिनेता आमिर खानले अंग दान गर्ने इच्छा राखेका छन् ।
    यस कुरालाई सत्य साबित गर्दै आमिर खानको तस्वीर फिल्मीज्ञानले सार्वजनिक  गरेको छ । जसमा आमिरले आफनो मृत्यु पश्चात शरीरको सम्पुर्ण अंग दान गर्ने निर्णय गरेका छन् ।
    यस तस्वीरमा आमिरले आफ्नो शरीरका अंग किडनी, लिवर, फोक्सो, हृदय, प्यांक्रियाज, आँखा, छाला, कान, मुटुको भल्व र हड्डि लगायत  पुन प्रयोग गर्न मिल्ने अंग  दान गर्ने सार्वजनिक घोषणा गरेका छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र