काठमाडौं, भदौं १७ । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाधिएको महिना दिनमै श्रीलाई दैवले चुडेर लगेपछि एक्लै बनेकी नायिका श्वेता खड्काको मन अझै सम्हालीएको छैन् । श्रीको नाम सुन्ने वित्तिकै भक्कानीएर रुने श्वेताले फेसबुकमा आफ्नो दुख पोखेकी छिन् । हनिमुन मनाउन भारत गएका नायक श्रीकृष्ण श्रेष्ठको साउन २५ गते उपचारको क्रममा दिल्लीमा निधन भएको थियो ।
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न
टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,
हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसंग शक्ति
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
लौ अब तिमि आफैं भन म कुन बाटो लागौं
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ///
No comments:
Post a Comment