• Breaking News

    9.13.2014

    ओबामालाई पछ्याउँदै मोदी

    अभियानलाई सामाजिक सञ्जालमार्फत जनतासामु पुग्ने माध्यम बनाएका अमेरिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वभर ख्यातिमात्रै कमाएनन्,विजय पनि हासिल गरे । सामाजिक सञ्जाल प्रयोग गर्न उनी निकै सिपालु मानिन्छन् । सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्दै जनताको मन जित्न सफल ओबामालाई सामाजिक सञ्जालमा मन पराउनेको जमात पनि ठूलो छ ।
    बाराक ओबामापछि सामाजिक सञ्जाल प्रयोगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो स्थानमा छन् । मोदीको जितमा पनि सामाजिक सञ्जालको प्रमुख भूमिका रहेको मानिन्छ । उनले पनि चुनावी अभियान तिब्र बनाउन सामाजिक सञ्जाल प्रयोग गरेका थिए ।
    ट्विटरको फलोअर हेर्ने हो भने मोदीलाई फलो गर्नेको संख्या बाराक ओबामापछि दोस्रो नम्बरमा छ । ट्विटरमा मोदीको फलोअर ६.२९ मिलियन छन् भने ओबामाका ४६.३ मिलियन । त्यसैगरी इन्डोनेसियाका राष्ट्रपति ५.३७ मिलियन फलोरका साथ तेस्रो नम्बरमा परेका छन् । मोदीको व्यक्तिगत खाताको फलोअरलाई जोड्ने हो भने उनका फलोअर ८.५ मिलियन पुग्छन् ।
    मोदीले भर्खरै जापानको भ्रमणपछि जापानी भाषामा ट्विट गरेका छन् । जापानी प्रधानमन्त्रीले अंग्रेजीमा त्यसको जवाफ दिएका थिए । जापानी प्रधानमन्त्रीले भारतका केबल दुईजना (नरेन्द्र मोदी र राजनाथ) लाई फलो गरेका छन्, आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र