• Breaking News

    9.07.2014

    “नशा”पछि आफ्नो दोस्रो फिल्म खेल्दै पुनम, भनिन,”आफ्नो फ्यानहरुलाई खुशी पर्ने छु”

    बलिवुड जगतमा प्राय विवादमा आइ रहने मोडेल तथा अभिनेत्री पुनम पाण्डे अब दोस्रो फिल्ममा देखिने भएकी छन् | आफ्नो पहिलो फिल्म “नशा” पछि आएका थुप्रै फिल्महरुको अफरलाई रिजेक्ट गरेको बताउने पुनमले “द वर्ल्ड नेटवर्क्‍स” प्रोडक्सनका निर्माताले प्रस्ताव राखे पछि आफ्नो करिअरको दोस्रो फिल्ममा अभिनय गर्न तयार भएकी हुन् |

    आफ्नो दोस्रो परियोजनाका लागि यस फिल्म उपयुक्त रहेको बताउने पुनमले यसमा अभिनय गर्नका लागि आफु निकै उत्साहित रहेको बताईन | उनले आफ्नो पहिलो फिल्म “नशा” कम्जोर मार्केटिङका कारण असफल बनेको हुँदा आफुले यस फिल्ममा “नशा”बाट सिकेका राम्रा पक्षहरुको प्रयोग गरि आफ्ना फ्यानहरुलाई खुशी पर्ने बताईन |

    पहिलो पटक फिल्म बनाउन लागेको “द वर्ल्ड नेटवर्क्‍स” प्रोडक्सनको बारेमा जानकारी दिदै आफ्नो दोस्रो फिल्मबारे विश्वस्त रहेको बताउने पुनम भन्छिन, “निर्माताले यस फिल्म मार्फत मेरो आफ्नो भाग्य खोलि दिनु हुनेछ |” सन् २०११ मा भारतमा भएको विश्व कपबाट चर्चामा आएकी पुनमलाई के यस फिल्ममा तपाइले अङ्ग प्रदर्शन गर्नु हुन्छ त ? भनेर सोधिएको प्रश्नमा उनले भनिन,”म मेरा श्रोताहरुलाई निराश हुन दिने छैन, तर यस फिल्ममा यो बाहेक अरु धेरै संवेदनशील विषयहरु उठाउन खोजिएको छ |”

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र