• Breaking News

    9.02.2014

    इराकमा फेरि अर्का अमेरिकी पत्रकारको घाँटी रेटी हत्या

    काठमाडौं, भाद्र १८ । इराकमा इस्लामिक आतंकबादी समूह आइंएसले फेरी एक अर्का अमेरिकी पत्रकारको हत्या गरेका छन् । सिरियामा कार्यरत अमेरिकी पत्रकार स्टीवेन सोटलाफ हत्या गरिएको भिडियो सन्देश जारी गरिएको हो ।
    भिडियोमा सोटलाफलाई घुँडा टेकाएर एक नकावधारी ब्यक्तिले चक्कुले घाँटी रेटेको दृश्य देखाइएको छ । गत सन् २०१३ देखि बेपत्ता रहेका सोटलाफलाई गत महिनामात्रै इस्लामिक स्टेटले आफनो कब्जामा रहेको खुलासा गरेको थियो ।
    सोटलाफ इस्लामिक स्टेटको कब्जामा रहेको जानकारी पाउने बितिकै उनका आमाले इस्लामिक नेता अबु बकर अल बगदादीले आफनो छोरा रिहा गर्न अपील गरेकी थिईन् । यता अमेरिकाले भिडियो सन्देशबारे छानबीन शुरु गरेको छ ।
    ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले घटनाबारे छानबीन भइरहेको बताएका छन् । यसअघी सोही समूहले गत दुई साता अघी अमेरिकी पत्रकारको हत्या गरेको थियो भने गत साता एक कुर्दिश नागरिकको पनि शीर छेदन गरेको थियो ।
    नेपाल प्रेस युनियनको आठौ महाधिवेशनमा मैले केन्द्रिय सदस्यका लागी उम्मेदवारी दिने इच्छा व्यक्त गरेपछि करिब ५० जना शुभचिन्तक तथा सुभेच्छुकहरुले फेसबुक मार्फत मेरो उम्मेदवारी घोषणा गरिदिनुभएछ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र