• Breaking News

    9.20.2014

    ‘कौन बनेगा करोडपति’ मा दाजु–भाईले जिते ७ करोड

    मुम्बाई, असोज ५ – भारतको चर्चित रियालिटी गेम शो ‘कौन बनेगा करोडपति’ मा नयाँ दिल्लीका दाजु–भाईले ७ करोड रुपैयाँ जितेका छन् ।


    भारतीय सञ्चारमाध्यमका अनुसार यस सिजनको सार्वाधिक धनराशी जित्ने उनीहरु पहिलो प्रतियोगी हुन् ।

    नयाँ दिल्लीका अचिन र सार्थक नरुलाले यस्तो अद्भूत खेल प्रदर्शन गर्दै करोडपति बनेका हुन् ।


    उनीहरुले खेलमा सोधिने सबै १४ वटा प्रश्नको जवाफ दिएका थिए ।


    अचिन मार्केटिङ्ग म्यानेजर हुन् भने अचिन विद्यार्थी । अचिनले विगत १० वर्षदेखि यस खेलमा आउने प्रयास गरे पनि अन्तिम चरण (फास्टेस्ट फिंगर फस्ट) मा पुगेर अड्किने गरेका थिए ।


    यस शोका होस्ट बलिवुड स्टार अमिताभ बच्चनले आफ्नो ब्लग र ट्वीटरमा लेख्दै यस कुराको खुलासा गरेको टाइम्स अफ इन्डियामा समाचार लेखिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र