• Breaking News

    9.06.2014

    खेतमा काम गरेको ज्याला माग्न गएकी बालिका बलात्कृत

    तेह्रथुम, भदौ २१ - चौध वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ईवा ६ का ३२ वर्षका रमेश आले मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
    पीडित बालिकाकी आमाले आफ्नाी नावालक छोरीलाई रमेशले बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    खेतमा काम गरेको ज्याला लिन गएकी बालिकालाई रमेशले कोठा थुनेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ ।
    पीडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा रमेशलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयतर्फ पठाईएको इलाका प्रहरी कार्यालय संक्रान्तिले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र