• Breaking News

    9.24.2014

    भारत मंगल ग्रहमा पुग्यो, भारतभरी खुशीयाली

    काठमाडौँ, ८ असोज । बुधबारबाट भारतले अन्तरिक्ष जगतमा आफ्नो नयाँ परिचय थपेको छ ।
    उसले मंगल ग्रहको कक्षमा आफ्नो यान प्रवेश गराएर यस्तो नयाँ इतिहास थपेको हो । योसँग भारत मंगल ग्रहमा पुग्ने चौथो देश बनेको छ।
    भारतको यो सफलतासँगै मंगल ग्रहमा पुग्ने चौथो देशका रुपमा आफुलाई परिचित गराउन पनि भारत सफल भएको छ ।
    यसअघि अमेरिका, रुस र युरोपको संयुक्त मिसनले मंगल ग्रहमा पाइला टेकेका थिए।
    भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाको मार्स अर्बिटर मिसन (एमओएम) यान मंगल ग्रहको कक्षमा बिहान नेपाली समयअनुसार ८ बजेर २ मिनेटमा प्रवेश गरेको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
    त्यसरी प्रवेश गरेको १२ मिनेटपछि बंगलौरस्थित इस्रो टेलेमेट्रीमा भारतीय यान मंगलको कक्षमा प्रवेश गरेको सूचना आइपुगेको थियो।
    भारतको मंगल अभियान सबैभन्दा सस्तो भनी भारतीय सञ्चारमाध्यमहरुले समेत प्रचार गरिरहेका छन्।
    ६८ करोड किलोमिटर टाढा मंगल ग्रहबाट सूचना आइपुग्न १२ मिनेट लागेको थियो। यो घटनाको साक्षी बन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार बिहानै बंगलौरस्थित इस्रो टेलेमेट्री पुगेका थिए। भारतले पहिलो प्रयासमै मंगल ग्रहमा सफलता हात पारेको हो।
    भारतीय यानले मंगल ग्रहको कक्षमा प्रवेश गर्न ३०० दिन लागेको थियो। तर, मंगल ग्रहको कक्षमा भारतीय यान प्रवेश गर्दाको पछिल्लो ५४ मिनेट सनसनीपूर्ण भएको टाइम्स अफ इन्डियाले लेखेको छ।
    भारतीय यानले मंगल ग्रहको सतहको अध्ययन गर्नेछ। मंगलमा मिथेनको सम्भाव्यताको अध्ययन पनि भारतीय यानले गर्नेछ। भारतीय यानले मंगल ग्रहको कक्षमा छ महिना परिक्रमा गर्नेछ।
    भारतीय यानको सफलतासँगै प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलौरको इस्रो टेलेमेट्रीमा रहेका वैज्ञानिकहरुलाई बधाई दिनुभएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र