• Breaking News

    9.17.2014

    डेरामा बस्नेलाई लक्ष्य गर्दै सस्ता घर

    पोखरा,असोज२ –भाडा तिर्दातिर्दै हैरान हुनुभएको छ ?केही लाख रुपैयाँ जम्मा गर्न पनि सक्नुहुन्छ भने पोखरामा घर बनाउने सपना पुरा हुन सक्छ ।आवासका लागि सहयोग समूह लुमन्तीले डेरामा बस्दै आएका व्यक्तिलाई लक्ष्य गरी पोखरामा दोस्रो चरणको आवास परियोजना सुरु गर्दैछ ।
    पोखरा–१७ सीतापाइला र बिरौटामा सस्तो आबासको परियोजना सुरु हुन लागेको हो ।लुमन्तीले धमाधम डेरावालाहरुको आवेदन संकलन गरिरहेको छ । यी दुई ठाउँमा गरी १ सय ६५ वटा घर बनाउने लुमन्तीको योजना हो ।‘अहिले आवेदन बटुलिरहेका छौं,’ फिल्ड संयोजक सन्तोष जिसीले भन,‘दसैंतिहारको बीचतिर घर बनाउन सुरु गर्छौ ।’
    कम्तीमा पनि पोखरामा ५ वर्ष डेरामा बसेका व्यक्तिाई प्राथमिकता दिइने लुमन्तिका प्राविधिक गणेश पुनले जानकारी दिए । त्यसमा पनि पहिले कास्की र त्यसपछि पश्चिमाञ्चलका व्यक्ति र त्यसपछि अन्तकालाई प्राथमिकता दिइने खबर आजको नागरिक दैनिकले लेखेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र