चारवटा मोटरसाइकलको सिटमुनि बनाइएको ‘फल्स बटम’बाट नारायणी अञ्चल प्रहरीले लगभग ८८ किलो चाँदी सहित चार जनालाइ पक्राउ गरको छ । नारायणी अञ्चल प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले भारततर्फ लैजादै गरेको साढे ८८ किलो चादी सहित बिहीबार बिहान ४ जनालाई पक्राउ गरेको हो ।
मोटरसाइकलको सिटमुनी लुकाइएको चाँदी लिएर दशगज्जा पार गर्न लाग्दा शंकराचार्य गेटआगाडिबाट प्रहरी टोलीले रंगेहात उनीहरुलाई पक्राउ गरेको प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले बताए । चाँदी सहित बीरगन्ज –२, छप्कैयाका २६ बर्षे राधेश्याम साह सोनार, २४ बर्षे लक्षमणकुमार सर्राफ, २४ बर्षे राकेश सर्राफ र बारा इटियाही –२ का राजेशकुमार सर्राफलाई पक्राउ गरिएको हो ।
‘सूचना आएपछि बिशेष टोली खटाइएको थियो,’ खनालले भने, ‘उनीहरु मोटरसाइकल लिएर शंकराचार्यद्वार पार गरेर सिमाना कट्नै लाग्दा प्रहरीले रोकेर चेकजाँच गरी चाँदी बरामद गरियो ।’ मोटरसाइकलको सिटमुनी काटेर बनाई खण्डमा दाना चाँदीका पाकेट लुकाइएको थियो ।
बजार भाउ अनुसार बरामद भएको चाँदीको मुल्य ६१ लाख ८० हजार रुपैया सुनचाँदी ब्यवसायि संघलेले मुल्यांकन गरेको छ । चाँदी, २ लाख ५० हजार न्युनतम् मुल्य हुने चार वटा मोटरसाइकल र पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरीले अनुसन्धानका लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको छ ।
पक्राउ परेका ब्यक्तिहरु पहिलेदेखि नै चाँदी तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरु भरिया नभई आफै चाँदीका कारोबारी हुन् ।
पक्राउ परेका ब्यक्तिहरु पहिलेदेखि नै चाँदी तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरु भरिया नभई आफै चाँदीका कारोबारी हुन् ।
No comments:
Post a Comment