न् २०२० सम्ममा जिल्लामा ५० हजार सुरक्षित घर निर्माण गर्ने लक्ष्यका साथ ‘अर्थपूर्ण जीवनका लागि आवास १० लाख घर निर्माण अभियान’ सुरु भएको छ । ह्याबिटेट ह्युमान नेपाल नामक संस्थाको सहयोगमा जिल्ला बचत तथा ऋण सहकारी संस्थाले सप्तरीमा सुरक्षित आवास निर्माण अभियान सुरु गरेको हो । अभियानअन्तर्गत सन् २०२० सम्ममा जिल्लाका करिब ५० हजार परिवारलाई वातावरणमैत्री, स्वच्छ र कम लगानीमा सुरक्षित आवास निर्माणका लागि सहयोग गरिने छ । अभियानबारे जानकारी दिने उद्देश्यले
राजविराजमा आइतबार आयोजित कार्यक्रममा ह्याबिटेट ह्युमान नेपाल संस्थाका कार्यक्रम अधिकृत सन्देश पराजुलीले विपत्तिमा परेका नेपालीका लागि सहकारी संस्थासँग सहकार्य गरी सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिएको बताए । उनले सन् २०२० सम्ममा नेपालका विभिन्न जिल्लामा १० लाख सुरक्षित आवास निर्माण गर्ने लक्ष्य रहेको बताउँदै कर्जा लगानीकोे माध्यमबाट आफ्ना सदस्यलाई सुरक्षित आवास निर्माण गर्ने जानकारी दिए । बर्सेनि ६३ हजार नेपाली परिवारलाई २० लाख सुरक्षित आवास आवश्यक पर्दै आएको विभिन्न तथ्यबाट खुलेको भन्दै उनले सुरक्षित आवासको अभावलाई पूर्ति गर्न आफूहरु सहकार्य संस्थासँग हातेमालो गरी अघि बढ्दै आएको बताए । विगत एक दशकदेखि विपत्मा परेका नेपालीलाई सहयोग गर्दै आएको चर्चा गर्दै उनले सहकारी संस्थामार्फत सहकारीका सदस्यलाई सहुलियत दरमा सुरक्षित आवास निर्माणका लागि आर्थिक सहयोग गर्ने योजना रहेको बताए । कार्यक्रममा जिल्ला सहकारी सङ्घ सप्तरीका अध्यक्ष बिनोद दत्तले गरिब, विपन्न परिवारलाई लक्षित गरी आवास कार्यक्रम ल्याउनु जरुरी रहेको उल्लेख गर्दै सबै मिलेर कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिए । जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामप्रसाद चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमेश झा, सहकारी बैंक राजविराजका संयोजक विश्वनाथ मण्डल, जिल्ला विकास समितिका जुगेश्वर यादव, समग्र विकास सेवा केन्द्रकी प्रेमा थापा मगरलगायतले सुरक्षित आवास निर्माणको आवश्यकताबारे बोलेका थिए ।
No comments:
Post a Comment