• Breaking News

    9.21.2014

    ५० रुपैयाँ टिप्न खोज्दा दुई लाख लुटियो

    चितवन असोज ६
    भुईमा देखेको ५० रुपैयाँ टिप्न खोज्दा एकजना व्यक्तिले बैंकमा जम्मा गर्न लागेको दुई लाख रुपैयाँ गुमाएका छन्। आजको नागरिक दैनिक लेख्छ नारायणगढमा रहेको हिमालयन बैंकमा आइतबार मध्यान्ह दुई लाख
    रुपैयाँ जम्मा गर्न लागेका रेवती ढकाललाई कुनै अपरिचतले भुइमा खसेको ५० रुपैयाँ देखाइ दिएको थियो। भुइको रमक टिप्न झुकेका बेलामा उनको दुई लाख रुपैयाँ पनि हराएको हो।
    सरस्वती सप्लायर्सका कर्मचारी रेवती ढकालले सवा ११ वजे बैंकमा डिपोजिट भौचर भर्दै थिए। दुई लाख रुपैंयाको बण्डल टेवलमा राखेर भौचर भर्दै गर्दा ढकालाई एकजना अपरिचतले तपाइँको पैसा भुइमा खस्यो भनेका थिए। त्यसो भनेको सुनेर तल हेर्दा ढकालले ५० रुपैयाँ देखे। त्यही टिप्न झुकेको ढकालको दुई लाख रुपैयाँ पनि हराएको हो।
    बैंकमा रहेको सिसीटीभी क्यामेराको भिडियो दृश्यमा युवकले दुई पटकसम्म पैसा भुइमा खसालेर ढकाललाई टिप्न आग्रह गरे जस्तो देखिन्छ। पहिलो पटक सायद ढकालले सुनेन्। दास्रो पटक भने ढकालले सो रकम टिप्न कुर्चिबाट उठेर पछाडी जाँदा खवर दिने युवासँग आएका अर्का एक युवा अगाडिबाट आएर दुई लाख रुपैयाँको बण्डल समाएर गेट बाहिर गएको दृश्य सिसि क्यामेरामा कैद भएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र