अन्तिम श्रदाञ्जलीका लागि ९ बजे पेरिसडाँडामा र ११ बजे खुलामञ्चमा राखिने
काठमाडौं,भदौ ३० –एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको आज विहान निधन भएको छ । ह्दयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका ६२ वर्षीय नेता बोगटीको आज बिहान ७:२५ बजे निधन भएको नर्भिक अस्पतालका नायव महाप्रबन्धक आर.पी. मैनालीले जानकारी दिएका छन् ।यद्यपी उनको मृत्युको औपचारिक घोष्णा हुन भने बाँकी छ । अस्पतालले उनको मृत्युको औपचारिक घोषणा केही बेरमा गर्ने जानकारी दिएको छ ।
एमाओवादी नेता बाबुराम भट्टराईले बोगटीको मृत्यु भएको पुष्टी गर्दै समबेदना व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, “सहयोद्धा क. पोष्टबहादुर बोगटीको आज बिहान दु:खद निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना !अन्तिम लालसलाम क.दिवाकर !”
अहिले एकीकृत नेकपा माओवादीका अध्यक्षलगायत नेता कार्यकर्ताहरु नर्भिक हस्पिटलमा जम्मा भइरहेका छन् ।
प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काका अनुसार बोगटीको शबलाई ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ । २ घन्टा पेरिसडाडाँमा राखेपछि उनको शबलाई खुलामञ्मा लगिने र त्यहीबाट पशुपति आर्यघाट पुर्याइने कार्यक्रम छ ।
नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं.२ को भित्रिनिटार मा २०१० सालमा बोगटीको जन्म निम्न मध्यम परिवारमा भएको थियो । बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट जन्मिएका बोगटी एमाओवादीभित्र त्यागी,भद्र र शलीन नेताका रुपमा परिचित थिए । पटकपटक मन्त्री बनेका बोगटी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ बाट विजयी भएका थिए ।
9.14.2014
समचार
No comments:
Post a Comment