• Breaking News

    9.21.2014

    “सेल्फी” खिचेको तीन घन्टामै मृत्यु

    यो ‘सेल्फी’ गत साता युक्रेनमा खसेको मलेसियन एयरलाइन्समा यात्रा गरिरहेका डच आमा र उनको छोराको हो । विमानभित्र चढिसकेपछि १५ वर्षे युवा ग्यारी स्लोकले आफू र आफ्नी आमाको ‘सेल्फी’ खिचेर फेसबुकमा अपलोड गरेका थिए ।

    पश्चिम नेदरल्यान्डको एउटा स्थानीय फुटबल क्लबका गोलकिपर ग्यारी स्लोक र उनकी आमा पेट्रा ल्यांगेभेल्ड एकल आमा–बुवा र तिनका सन्तानका लागि तय गरिएको बिदा मनाउनका लागि जाँदै थिए । तर, दुर्भाग्य त्यसको तीन घन्टापछि जहाज खस्यो ।

    ग्यारीसम्बद्ध क्लबले विज्ञप्ति जारी गरी भनेको छ, ग्यारी र उनकी आमा पेट्रा आफ्नो जीवनकै सपनाको छुट्टी मनाउन मलेसिया जाँदै थिए । तर, दु:खको कुरा उनीहरूले आफ्नो सपना पूरा गर्न पाएनन् । उनको कथा र उनको अन्तिम तस्बिर भन्छ कि कसरी धेरै मानिसहरूको सपना चकनाचुर भएको छ ।’

    यात्रु र क्रु मेम्बरसहित मारिएका दुई सय ९६ मध्ये ग्यारीसहित ८० जना केटाकेटी छन् । ‘यो जहाज हरायो भने यस्तो देखिनेछ’ भनेर एक यात्रुले जहाज चढ्दाचढ्दै खिचेर फेसबुकमा ‘अपलोड’ गरेको एउटा फोटो पनि खुबै चर्चित भएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र